समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संभव नेपालको आयोजनामा काठमाडौ तारर्केश्वर फुटुङमा समुदाय -प्रहरी साझेदारी अवधारणा अन्तर्गत मानव वेच बिखन तथा घरेलु हिंसा सम्बन्धि प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सामाजिक अभियान्ता विष्णु सापकोटाले अशिक्षित, विपन्न वर्गलगायत महिला तथा बालबालिका कसरी बेचबिखन तथा ओसारपसारको जोखिममा रहेका हुन्छन भन्ने विषयको जानकारी गराउनुका साथै जोखिम न्युनिकरणमा समाजको भुमिका बारे समेत जानकारी दिए । उनले समाज रूपान्तरणमा बालबालिका सुरक्षित हुनुपर्नेमा समेत जोड दिए । 

कार्यक्रममा बोल्दै उनले मानव बेचबिखन तथा ओसारपसारको कार्यलाई समाजको एक जघन्य अपराधको रूपमा लिने गरेको बताए । 

कार्यक्रममा संस्थाको अध्यक्ष कपिल देबकोटले नागरीक र प्रहरी मिलेर नै समाजमा शान्ति सुक्षाको व्यवस्थालाई मजबुद बनाउने भएकाले आफुले सानो सजगता नअपनाउदा ठुलो घटना घटन जानेहुदा सजगता अपनाई सुरक्षा सम्बन्धि शंकास्पद हरेक गतिविधि निर्धक्क संग प्रहरीलाई बताउन पनि आग्रह समेत  गरे । 

Recent Comments

No comments to show.