सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बस दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका-६ बस्ने ३१ वर्षीय सुमित्रा सुनार र सल्यानको त्रिवेणि गाउँपालिका-६ बस्ने अन्दाजी ४० वर्षीया अनिता बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शनिबार दिउँसो करिब ३ बजे ना६ख ५४६३ नम्बरको बस दुर्घटना हुदाँ अरु १४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नविन कार्कीले भने ‘दुई जनाको ज्यान गएको छ । १४ जना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएको छ। घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ ।’

दाङको तुलसीपुरबाट सल्यानको जयचौरका लागि छुटेको उक्त बस सल्यानको कपुरकोट गाउँपालिका-३ मुलपानी नजिकै दुर्घटना भएको उनले बताए ।

Recent Comments

No comments to show.