एसियाडमा नेपालकी कराँते खेलाडी एरिकाले जितिन् रजत

एसियाडमा नेपालकी कराँते खेलाडी एरिकाले जितिन् रजत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  चीनमा जारी एसियाली खेलकुदमा नेपालकी कराँते खेलाडी एरिका गुरुङले   ऐतिहासिक रजत पदक जितेकी छिन् । ६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३-० ले पराजित भएपछि उनी रजतमा रोकिएकी हुन् । 

रिका कराँतेबाट एसियाली खेलकुदमा रजत जित्ने पहिलो खेलाडी बनिन्। यसअघि नेपालले एसियाली खेलकुदमा करातेबाट कास्य मात्र जितेको थियो। एसियाडको इतिहासमा नेपालको यो समग्रमा तेस्रो रजत हो । 

यसअघि नेपालका लागि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ को बैंकक एसियाडमा व्यक्तिगत रजत र अघिल्लो संस्करणमा नेपालको प्याराग्लाइडिङ टोलीले टिम स्पर्धामा रजत जितेको थियो ।

Recent Comments

No comments to show.