चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन आइतबारदेखि, कुन वस्तुमा कति छुट ?

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन आइतबारदेखि, कुन वस्तुमा कति छुट ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैं, तिहार र छठलाई समेत लक्षित गरी असोज २१ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

 चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानसँग समन्वय गरेर सञ्चालनमा ल्याउन लागेको हो । सुपथ पसलमा खाद्यान्न, तेल, दाल, गेडागुडी, घिउ लगायत दुग्धजन्य वस्तुहरु सहुलियतपूर्ण मूल्यमा पाइने छ । सुपथ पसलमा कम्तीमा ७ रुपैयाँदेखि बढीमा ५० रुपैयाँसम्म छुट पाइने छ । खाद्य व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले वस्तु अनुसार छुट दिने छन् ।

मन्त्रालयका अनुसार चामल, दाल, गहुँ, आँटा, मैदा, चिउरा लगायत खाद्यन्नमा प्रतिकिलो ७ रुपैयाँ छुट पाइने छ । त्यस्तै, खानेतेलमा प्रतिलिटर ७ रुपैयाँ र नुनमा प्रतिकिलो २ रुपैयाँ छुट पाइने छ ।

खाद्य कम्पनीले जिउँदो खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने भएको छ भने साल्ट ट्रेडिङले प्रतिकिलो ९७ रुपैयाँमै चिनी उपलब्ध गराउने भएको छ ।

यसैगरी, दुग्ध विकास संस्थानल घिउमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा प्रति २०० ग्राममा २० रुपैयाँ छुट दिने मन्त्रालयले जनाएको छ ।

Recent Comments

No comments to show.