घटस्थापनादेखि देशभर रुट परमिट खुला, नारायणघाट-काठमाडौ सडकमा ठूला गाडी प्रतिबन्ध

घटस्थापनादेखि देशभर रुट परमिट खुला, नारायणघाट-काठमाडौ सडकमा ठूला गाडी प्रतिबन्ध

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यातायात व्यवस्था विभागले  घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक सवारी साधनको इजाजत पत्र (रुट परमिट) खुला गर्ने भएको छ । 

दशैंको समयमा हुने यात्रुको चापलाई ध्यानमा राखी देशका जुनसुकै स्थानमा रुट परमिटबिना बस चलाउन दिने व्यवस्था  गरेको हो ।   सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडौंसम्मको सडकमा ठूला गाडी सञ्चालनमा रोक लगाएको छ ।

विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन । ट्रेलरलगायतका ठूला गाडीलाई भने कोजाग्रत पूर्णिमासम्म रोक लगाउने जनाएको छ । 

 तर कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीहरुलाई भने सो बन्देज कायमै  रहनेछ । 

Recent Comments

No comments to show.