पीडित परिवारले चाहे मात्रै कैद मिनाहा गर्ने कानून बनाउन माग

पीडित परिवारले चाहे मात्रै कैद मिनाहा गर्ने कानून बनाउन माग

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पीडित परिवारले चाहे मात्र कैद मिनाहा गर्न सकिने कानून बनाउनुपर्ने बताएका छन्।

शुक्रवार संघीय संसद् भवनमा कुराकानी गर्दै उनले पीडित परिवारका सदस्यहरूले चाहेमा मात्रै पीडकलाई कैद मिनाहा गर्न सकिने कानूनी व्यवस्था गर्नुपर्ने बताएका हुन्। उनले पीडित परिवार दोषीलाई माफी दिन तयार भए राष्ट्रपतिसमक्ष पुगेर माफी दिन सकिने बताए।

तैपनि परिवार पनि धम्की र लोभका कारण माफी दिन तयार देखिन सक्ने खतरा रहेको औंल्याउँदै उनले नेपाली समाजमा यसो गर्न पनि सजिलो नहुने बताए।

उनले नेपालगञ्जका रिगल डन भनिने योगराज ढकाललाई माफी दिने सरकारको निर्णयलाई अदालतले वैधता दिन नहुने बताए। उनले अदालतले उक्त निर्णयलाई वैधता दिए दण्डहीनता बढेर जाने बताए।

उनले भने, ‘अब हामीले कानून बनाउँदा कसैलाई माफी दिने हो भने त्यो परिवारकै सदस्यलाई बोलाएर सोधौँ। माफी दिन तयार छ भने राष्ट्रपतिकोमा लिएर माफी दिऊँ। परिवार तयार छैन भने माफी दिनु गलत हुन्छ।’

दिनदहाडै खुँडाले हानेको मान्छे फूलमाला, अबीर लगाएर हिँडेको देख्दा नागरिकमा वितृष्णा हुने उनले बताए। त्यो आवेग कहिले राजनीतिक रूपमा त कहिले धार्मिक रूपमा भड्किने उनले बताए। शर्माले समाजमा हरेक क्षेत्रमा आवेश र असन्तुष्टि रहेको भन्दै यसले सामाजिक सद्भाव बिगार्न मद्दत पुगिरहेको बताए।

उनले सरकारले जिम्मेवारपूर्ण भएर काम गरे जनताको विश्वास आर्जन हुने र यस्तो घटनाक्रम रोकिने बताए। उनले संसद्‌मा हुने सांसदहरूको प्रस्तुति पनि परिपक्व, संयम र जिम्मेवार बनाउनुपर्ने बताए।

महामन्त्री शर्माले राजनीतिकर्मीहरू आफ्नो अभिव्यक्ति राख्ने कुरामा सजग र सचेत हुनुपर्ने बताए।

Recent Comments

No comments to show.