५ सय जरिवाना तिरेर रिहा भए धर्मगुरु श्रीनिवास

५ सय जरिवाना तिरेर रिहा भए धर्मगुरु श्रीनिवास

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा । उत्तेजक अभिव्यक्ति दिएपछि पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवास रिहा भएका छन्।

मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ परेका श्रीनिवास बिहीबार ५ सय जरिवाना तिरेर रिहा भएका हुन्।

उनलाई धुनषा जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसुरमा सोज जरिवाना तिराएको हो। असोज १२ गते जनकपुरमा उत्तेजक अभिव्यक्ति दिएपछि उनीविरुद्ध उजुरी परेको थियो ।

श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको प्रहरी समक्ष स्वीकार गरेको प्रहरीले जनाएको छ। उनले आफू साधु भएको बताउँदै त्यतिबेलाको माहोलमा उत्तेजित भएर आवेशमा बोलेको बताएका छन्।

Recent Comments

No comments to show.