क्यानोइङमा नेपाली खेलाडी सेमिफाइनलका लागि छनोट

क्यानोइङमा नेपाली खेलाडी सेमिफाइनलका लागि छनोट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितअन्तर्गत क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणका लागि छनोट भएका छन ।

दुई चरणको हिट्समा सहभागी भएका गुरुङ सेमिफाइनल चरणमा पुगेका हुन । क्यानोइङमा १६ खेलाडी सेमिफाइलमा पुग्ने प्रावधान छ । पहिलो हिट्समा १६ खेलाडी सहभागी भएकामा उनी  १४औँ स्थानमा रहे । पहिलो हिट्सबाट आठ खेलाडी सेमिफाइनल चरणमा पुगेका थिए ।

यसैगरी दोस्रो हिट्समा नेपालका गुरुङसहित आठ खेलाडीले प्रतिस्पर्धा गरेकामा उनी  सातौँ भएर छनोटमा परेका हुन । दोस्रो हिट्सका खेलमा सबै खेलाडी सेमिफाइनल चरणका निम्ति छनोट भएका छन । सेमिफाइनल चरणमा १६ खेलाडी छनोट भएका छन । छनोट भएका १६ जनामध्ये १० जनाले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

Recent Comments

No comments to show.