बझाङको भूकम्पबारे छलफल गर्न प्रधानमन्त्रीले बाेलाए बैठक

बझाङको भूकम्पबारे छलफल गर्न प्रधानमन्त्रीले बाेलाए बैठक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन् ।

बिहीबार बिहान बस्ने बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनःस्थापनालगायत विषयमा छलफल हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले आज बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेता बोलाएर भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी लिएका थिए ।

मंगलबार अपराह्न २ बजेर ४३ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ ।

Recent Comments

No comments to show.