अमेरिकी डीभी चिठ्ठाको आवेदन खुल्यो, कसरी भर्ने ?

अमेरिकी डीभी चिठ्ठाको आवेदन खुल्यो, कसरी भर्ने ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सन् २०२५ को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता आजबाट खुला भएको छ । 

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेबाट डीभीको लागि आवेदन दिन सकिनेछ । 

डीभीको लागि आवेदन आगामी कात्तिक २१ गते राति १०ः४५ बजेसम्म दिन पाइने दूतावासद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ । डीभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने दूतावासले स्पष्ट पारेको छ । डीभीको लागि फारम अनलाइन भर्नुपर्नेछ । आवेदन दर्ता गर्दा आवेदकको पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य रहेको दूतावासले जनाएको छ । 

उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य हुने विज्ञप्तिमा उल्लेख छ ।  एक जनाले व्यक्तिले डीभीको लागि एउटा मात्र आवेदन दिन पाउनेछन् ।  एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन् ।

अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिने दूतावासले जनाएको छ ।

Recent Comments

No comments to show.