दराजबाट सामान किन्दा सानिमा बैंकका ग्राहकले २ हजारसम्म छुट पाउने

दराजबाट सामान किन्दा सानिमा बैंकका ग्राहकले २ हजारसम्म छुट पाउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सानिमा बैंकका ग्राहकले दराजबाट सामन किन्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग सहकार्य गर्दै ‘दशैं धमाका’ योजनामा अन्तर्गत विशेष छुटको व्यवस्था गरेको हो ।

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् १,५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजार सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना असोज १७ गतेदेखि ३० गतेसम्म १४ दिन मात्र लागू हुनेछ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

Recent Comments

No comments to show.