शेयर बजारमा झिनो अंकको सुधार, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजारमा झिनो अंकको सुधार, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेमा झिनो अंकको सुधार आएको छ ।

साताको कारोबारको दोस्रो दिन परिसूचक ५.१९ अंकले बढेर १९७६.२९ विन्दुमा पुगेको छ । यसदिन २८६ कम्पनीको १ अर्ब ७३ करोड रुपैयाँ बढीको ५७ लाख ७६ हजार ८९६ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहमध्ये उत्पादनमूलक र होटल बाहेक अरु सबै समूहको परिसूचकमा सुधार आएको छ । विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै १.३३ प्रतिशतले बढेको छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे २१ करोड रुपैयाँ बढीको किनबेच भएको छ ।

सामान्य अंकले बढेको बजारमा आज दुई कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । सीवाइसी नेपाल लघुवित्त र सयपत्री हाइड्रोपवारका शेयरधनीले १० प्रतिशत कमाएका छन् ।

Recent Comments

No comments to show.