एसियाली खेलकुद: नेपालले क्वाटरफाइनलमा भारतसँग खेल्ने

एसियाली खेलकुद: नेपालले क्वाटरफाइनलमा भारतसँग खेल्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले चिट्ठा निकालेका थिए । उक्त लक्की ड्र बाट नेपालले भारतसँग खेल्ने पक्का भएको हो ।

नेपालले समूह चरणमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । नेपाल र भारतबीचको खेल मंगलबार हुनेछ । 

नेपालले हालैमात्र एसिया कपमा भारतसँग खेलेको थियो । भारतले एसियाडमा युवा खेलाडीलाई समेटेर क्रिकेट टोली पठाएको छ ।

Recent Comments

No comments to show.