काठमाडौं । सोलुखुम्बु निवासी ५ महिने बालक निशान्त बस्नेतलाई मुटुमा रहेको प्वालको अपरेसनको लागि हातेमालो मानव सेवा समाजले आर्थिक सहयोग प्रदान गरेको छ । समाजले बस्नेतलाई ९३ हजार ६ सय साठी रुपैयाँ सहयोग गरेको हो ।
उपचारका लागि अस्पतालमा भर्ना गरिएका यी बालकको अपरेसन गर्ने पैसा नहुँदा उनकी आमा अप्सरा बस्नेतले आर्थिक सहयोगको लागि विभिन्न ठाउँमा याचना गरेकी थिइन । श्रीमानलाई पनि कलिलै उमेरमा गुमाएकी उनले बच्चाको उपचारको लागि खर्च जुटाउन नसक्दा हार खाएकी थिइन । उनले हातेमालो मानव सेवा समाजको सम्पर्कमा आएपछि भने छोराको उपचार हुनेमा ढुक्क भएकी छन् ।
सामाजिक सञ्जाल टिकटकबाट जोडिएका स्वदेश तथा विदेशका समाजसेवीहरूले खोलेको यो संस्थाले विगत एकवर्ष देखि आधिकारिक रुपमा सामाजिक क्षेत्रमा काम गदै आएको छ ।
संस्थाले मानव जीवनमा आइ पर्नै भौतिक तथा मानसिक रुपमा समस्यामा परेका र आर्थिक रुपमा कमजोर भएर उपचार नपाएका बिरामीहरूको उपचारको लागि हातेमालो गर्दै आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष सञ्जय श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया