‘ऐंठन’ले पायो मदन पुरस्कार, टेकवीर मुखियालाई जगदम्बा श्री

‘ऐंठन’ले पायो मदन पुरस्कार, टेकवीर मुखियालाई जगदम्बा श्री

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ । आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले ऐंठनलाई मदन पुरस्कार दिने निर्णय गरेको छ।

यसैगरी जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय भएको छ । ऐँठनमा माओवादी सशस्त्र आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तु छ । ऐँठन विवेकको दोस्रो कृति हो । यसअघि उनले ऐलानी उपन्यास बजारमा ल्याएका थिए ।

दुवैको पुरस्कारको राशी चार-चार लाख रुपैयाँ छ । उत्कृष्ट पाँच पुस्तकको सूचीमा ऐँठनसहित सुविन भट्टराईको इजोरिया, द्वारिकनाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर थिए । दुबै पुरस्कार कोजागत पूर्णिमाको दिनमा अर्पण गरिन्छ।

Recent Comments

No comments to show.