सोनापुर मिनरल्सको प्रिमियममा आइपीओ खुल्यो

सोनापुर मिनरल्सको प्रिमियममा आइपीओ खुल्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले  प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गरेको छ । 

कम्पनीले सर्वसाधरणका लागि अंकित मूल्य १०० रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थपि प्रतिकित्ता २३७.५८ रुपैयाँ दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा असोज १७ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा असोज २८ गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

Recent Comments

No comments to show.