काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठमाडौंबाट खटिएको टोलीले रसुवाको स्याफ्रुबेंसीबाट तस्करीको १ किलो सुन बरामद गरेको छ ।
शनिबार साँझ सुन मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा वेत्रावती पुलबाट रसुवा गत्लाङका दावा साङ्बो तामाङ र आमा छोदिङ्मोका विशाल तामाङलाई पक्राउ गरेको हो ।
१ किलो सुनलाई चार टुक्रा बनाएर ल्याएको अवस्थामा उनीहरु पक्राउ परेका प्रहरीले जनाएको छ । यसअघि गत महिना रसुवाबाट २ किलो बरामद भएको थियो । केही दिनअघि दोलखाबाट पनि ७ किलो सुन बरामद भएको थियो ।
प्रतिक्रिया