शिल्पीमा ‘रातो अक्षर कालो अक्षर’ मञ्चन हुँदै

शिल्पीमा ‘रातो अक्षर कालो अक्षर’ मञ्चन हुँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  शिल्पी नाटकघर बत्तिसपुतलीमा अनेरास्ववियुले यही १७ देखि २७ गतेसम्म ‘रातो अक्षर कालो अक्षर’ नामक नाटक मञ्चन गर्ने भएको छ। नाटक अखिलका स्थायी कमिटी सदस्य आरके रोमसले लेखेका हुन्।

उक्त नाटकमा शिक्षामा भइरहेको निजीकरण र शैक्षिक माफियाहरूको चलखेलको विषय, आजको शिक्षा प्रणालीले सामाजिक संरचनामा पारेको प्रभाव, विश्व श्रमबजारमा विद्यार्थी बनेर विदेशिनु पर्ने युवाहरूको बाध्यता, विद्यार्थी आन्दोलन आफैँभित्रको समस्या, युवाहरूको विद्रोहलगायतका मुद्दाहरूलाई समेटिएको  छ।

शैक्षिक क्षेत्रमा भइरहेको विकृतिबारे सबैतिरबाट विरोध हुनु जरुरी रहेको र यो विरोध कोही एक व्यक्ति वा कुनै अमुक संस्थाको विरुद्ध भन्दा पनि यसमा चलखेल गरिरहेका माफियाहरू र विद्यार्थीहरूको सुन्दर भविष्यलाई बिक्री गरिरहेको सिंगो प्रणालीमाथि हुनुपर्ने नाटकका परिकल्पनाकार एवं अध्यक्ष बडाल बताउँछन्।

‘अनेरास्ववियुले यस नाटकलाई बल्याक बक्सभित्र हुने नाटक मात्र नभनेर आन्दोलनको फरक स्वरुपमा लिएको छ। अहिले हाम्रो शैक्षिक प्रणालीमा देखिएको यथार्थ पनि हो,’ उनले भने। बडालका अनुसार निःशुल्क शिक्षा कागजमा मात्र सीमित राखेर शिक्षालाई नीजीकरण गरेर आफ्नो झोला भर्ने विकृति विरुद्धमा नाटक तयार गरिएको छ।

नाटकको निर्देशन दिलिप खड्का, सह निर्देशन खिलकुमार राई ९रियर राई० ले गरेका हुन्। कलाकारहरू दिपेश काफ्ले, मिलन कार्की, अनुप न्यौपाने बालकृष्ण रिजाल, योगिन राई, रेनु नाथ योगी, सन्जिब राई, संगीता थापा, सुजैन सिलवाल, सुदिप खतिवडाले अभिनय गरेका छन्।

Recent Comments

No comments to show.