काठमाडौं महानगर र अभियन्ता ईःबीच भयो यस्तो सहमति, आन्दोलन स्थगित

काठमाडौं महानगर र अभियन्ता ईःबीच भयो यस्तो सहमति, आन्दोलन स्थगित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सडक तथा फुटपाथ व्यापारीको पक्षमा आन्दोलनरत  ईः का प्रतिनिधि र काठमाडौं महानगरपालिकाबीच सहमति जुटेको छ । 

मंगलबारको चारबुँदे सहमतिपत्रमा थप संशोधन गरेर सहमति भएको हो । सहमतिमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने उल्लेख छ।

त्यस्तै, महानगरले अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ। 

समितिमा महानगर, अभियन्ताका प्रतिनिधि तथा सरकार प्रतिनिधि रहने उल्लेख छ ।सहमतिपछि नौ दिनदेखि  राष्ट्रियसभा गृहको मुल गेटमा उभिएर प्रदर्शन गरिरहेका   ईः ले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।

Recent Comments

No comments to show.