डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’को विजेता घोषणा

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’को विजेता घोषणा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानको विजेता घोषणा गरेको छ ।

योजना अन्तर्गत गत हप्ता ७१९०६२१७२८७ कास आइडीका ग्राहक भुपाजित राईले नगद १ लाख रुपैयाँ जितेका हुन् । असोज ८ गते भएको लक्की ड्रमार्फत भोजपुर रानीवास राईले १ लाख जितेका हुन् ।

डिशहोमको यस योजना अन्तर्गत नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद १ लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

त्यस्तै, बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् । जसमा नगद १० लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टीभी, डिशहोमको आधिकारिक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । यो अफर असोज १ गतेदेखि सीमित अवधिका लागि नेपालभर लागू हुनेछ ।

Recent Comments

No comments to show.