एमाले बागमती प्रदेश अधिवेशन : आज मनोनयन भोलि चुनाव

एमाले बागमती प्रदेश अधिवेशन : आज मनोनयन भोलि चुनाव

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को वाग्मती प्रदेशको जारी अधिवेशनमा आज मनोनयन दर्ता हुँदै छ ।

निर्वाचनका लागि बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने भएको छ । अन्तिम नामावली ९ बजे प्रकाशित हुने छ । बिहान ९ बजेदेनि ११ बजेसम्म उमेदवारी दर्ता हुनेछ । 

जारी अधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक तथा सांगठनिक प्रतिवेदन सुझावसहित पारित भइसकेको छ। अधिवेशनमा बागमती प्रदेश अन्तर्गत १३ जिल्लाबाट झण्डै १२ सय प्रतिनिधि सहभागी छन्। अधिवेशनले पाँच पदाधिकारीसहित २ सय ४० सदस्यीय समिति चयन गर्नेछ।

अध्यक्षका लागि केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, वर्तमान प्रदेश अध्यक्ष केशवराज पाण्डे, पूर्वसांसद कृष्णभक्त पोखरेललगायतका नेताहरुले दाबी गरेका छन्।

Recent Comments

No comments to show.