स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृहमन्त्री श्रेष्ठ

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृहमन्त्री श्रेष्ठ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वास्थ्यकर्मीहरुमाथि भएको दुर्व्यवहार घटनाको सन्दर्भमा सत्य पत्ता लगाएर दोषीलाई कारबाही गर्ने निर्णय भएको बताएका छन् ।

आज गृहमन्त्रालयमा चिकित्सकहरुसँग छलफलमा गृहमन्त्री श्रेष्ठले स्वास्थ्यकर्मीहरुले गल्ती गरे पनि उनीहरुमाथि आक्रमण हुँदा आक्रमणकारीलाई कारवाही गर्ने ऐनको पछिल्लो संशोधन २०७९ सहित स्वास्थ्य मन्त्रालयले त्यसमा भएको व्यवस्थाबारे सबै स्वास्थ्य संस्थाहरुमा जानकारीमूलक सूचना प्रवाह गर्ने बताए । 

उनले भने, ‘देशभरका अस्पतालहरु र स्वास्थ्य संस्थाहरुमा अहिले जो स्वास्थ्यकर्मीहरुमाथि भएका घटनाका सन्दर्भमा स्वास्थ्यकर्मीहरुले गल्ती गरेको भए उनीहरुलाई पनि अनुसन्धान गरी कारवाही गर्ने र स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा आक्रमणकारीलाई कारवाही गर्ने जुन ऐन छ त्यसको पछिल्लो  संशोधन २०७९ सहित त्यसमा भएको व्यवस्थाबारे सबै स्वास्थ्य संस्थाहरुमा जानकारीमूलक वोर्ड राख्ने काम स्वास्थ्य मन्त्रालयले गर्ने छ ।’

यस्तै, गृहमन्त्री श्रेष्ठले दोषीलाई ऐनअनुसार कुनै किसिमको दुविधा नराखी कानूनको कारबाहीको हकमा अगाडि बढ्नको लागि कडा निर्देशन सबैतिर जारी गर्ने निर्णय भएको पनि बताए । 

उनले भने, ‘अर्को निर्णय स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमणमा संलग्नहरुलाई त्यही ऐन अनुसार कारवाही अगाडि बढाउने कुरामा कुनै किसिमको दुविधा नराख्ने र कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाउनेबार् कडा निर्देशन सबैतिर जारी गर्ने काम भएको छ । ऐन त लागू गर्ने हो । कानूनको शासन लागू गर्ने कुरामा सरकार दृढ छ ।’

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने सहमति भएपछि आन्दोलन फिर्ता भएको छ । मणिपाल शिक्षण अस्पताल पोखरालगायत स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए ।

Recent Comments

No comments to show.