१०० रुपैयाँभन्दा ठूला भारु नोट प्रयोग नगर्न राष्ट्र बैंकको निर्देशन

१०० रुपैयाँभन्दा ठूला भारु नोट प्रयोग नगर्न राष्ट्र बैंकको निर्देशन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँभन्दा ठूला भारु नोट प्रयोग नगर्न आग्रह गरेको छ । मंगलबार वित्तीय चेतनाका लागि सूचना जारी गर्दै राष्ट्र बैंकले नेपालमा भारतीय १०० रुपैयाँभन्दा ठूला नोटको कारोबार गर्न प्रतिबन्ध रहेको जानकारी गराएको हो ।

‘नेपालमा भारतीय रुपैयाँ १०० दरभन्दा ठूला दरका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको छ,’ राष्ट्र बैंकद्धारा जारी सूचनामा भनिएको छ ।

यस्तै, राष्ट्र बैंकले भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा ५ हजार अमेरिकी डलर बराबरका भारु मात्रै लैजान र ल्याउने पाउने जनाएको छ । सोभन्दा बढी रकम ल्याउनु/लग्नु परेमा भन्सारमा घोषणा गर्नुपर्दछ ।

भारत भ्रमणका लागि भारतीय रुपैयाँ २५ हजारसम्म नगद र औषधोपचारको लागि भारतीय रुपैयाँ ५० हजारसम्म नगदको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

भारत भ्रमणमा जाने नेपाली नागरिकले भारतीय रुपैयाँ २५ हजारसम्मको यस्तो सटही सुविधा मनिचेञ्जरबाट पनि लिनु पर्नेछ ।कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टीटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।

Recent Comments

No comments to show.