निर्यात ७.७९ प्रतिशतले घट्यो, व्यापार घाटा २ खर्ब ३३ अर्ब

निर्यात ७.७९ प्रतिशतले घट्यो, व्यापार घाटा २ खर्ब ३३ अर्ब

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को दुई महिनाको अवधिमा २ खर्ब रुपैयाँ बढी व्यापार घाटा पुगेको छ । 

भन्सार विभागका अनुसार साउन र भदौं महिनामा नेपालले २ खर्ब ३३ अर्ब रुपैयाँ  घाटा बेहोरेको छ । गत वर्षको यही अवधिमा नेपालको व्यापार घाटा २ खर्ब ४४ अर्ब रुपैयाँ थियो ।

 यस्तै, यस अवधिमा नेपालबाट २६ अर्ब ४४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो गत वर्षको यही अवधिको तुलनामा ७.७९ प्रतिशतले न्यून हो । गत वर्षको दुई महिनामा नेपालबाट २८ अर्ब ६८ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । 

आयात र निर्यात नै खुम्चिएसँगै व्यापार घाटा समेत ४.७४ प्रतिशतले खुम्चिएको छ । दुई महिनाको अवधिमा वस्तु आयातमा २ खर्ब ५९ अर्ब रुपैयाँ बाहिरिएको छ ।

Recent Comments

No comments to show.