देउवालाई प्रदीपको सुझाव :गठबन्धन जोगाउनु मात्र उपलब्धि हैन, सरकारलाई निर्देशित गर्नुपर्‍याे

देउवालाई प्रदीपको सुझाव :गठबन्धन जोगाउनु मात्र उपलब्धि हैन, सरकारलाई निर्देशित गर्नुपर्‍याे

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धन जोगाउनु मात्र उपलब्धि नभएको बताएका छन् । 

आइतबार केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा नेता पौडेलले सरकारलाई निर्देशित गर्न सक्नुपर्ने बताएका हुन् । उनले भने, ‘सभापति ज्यूको नेतृत्वमा प्रधानमन्त्रीकोमा गएर यो काम गर भनेर भन्न सक्नुपर्छ । सरकारलाई निर्देशित गर्न सक्नुपर्छ । गठबन्धन जोगाउनु मात्र उपलब्धि हैन ।’

नेता पौडेलले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् । उनले देशको आर्थिक अवस्था दयनीय रहेको बताएका छन् । उनले भने, ‘एक बोरा चामलको मूल्य तीन सयसम्म बढेको छ । बैठकले निर्णय गरेर मात्रै भएन, सरकारलाई यो काम गर सभापतिले भन्न सक्नुप-यो ।’

देशको आर्थिक संकटले  सबै पलायन हुने अवस्था आएको भन्दै उनले सरकारमा बसेर पार्टीलाई लोकप्रिय बनाउनुपर्नेमा जोड दिए । 

Recent Comments

No comments to show.