रास्वपाले भन्यो-‘विधेयकमा हामी संशोधन हाल्छौं, विद्यार्थीको पढ्न पाउने हक कुण्ठित नहोस्’

रास्वपाले भन्यो-‘विधेयकमा हामी संशोधन हाल्छौं, विद्यार्थीको पढ्न पाउने हक कुण्ठित नहोस्’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्दोलनरत शिक्षकहरुलाई विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आग्रह गरेको छ ।

रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले बिहीबार विज्ञप्ति जारी गर्दै शिक्षकहरुका पेशागत विकासका मागहरुमा आफूहरुको समेत समर्थन रहेको भन्दै त्यस्ता मागहरु सरकार समक्ष राख्ने नाउँमा विद्यार्थीहरुको पढ्न पाउने अधिकार कुण्ठित गर्नुको सट्टा वैकल्पिक विधिहरु अपनाउन सुझाएका हुन् ।

उनले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा रास्वपाले आफ्नो धारणा प्रष्टसँग राख्दै आएको र संसद्मा त्यसबारेको छलफलमा समेत आफ्नो धारणा र संशोधन प्रस्ताव राख्ने प्रतिवद्धता जनाएका छन् ।

‘नेपालका सम्पूर्ण सार्वजनिक विद्यालयहरुको गुणस्तर उकास्नुपर्छ, ती विद्यालयहरुमा पढाउने शिक्षकको जीवनस्तर तथा पढ्ने विद्यार्थीहरुको उज्जवल भविष्य सुनिश्चित गर्नुपर्छ भन्ने कुरामा हामी प्रष्ट थियौं र छौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो प्राथमिकता विद्यार्थीको भविष्य नै हो,’ उनले भने, ‘शिक्षाको गुणस्तर उकास्न नसके मुलुक भयावह स्थितिमा जान्छ । नेपालको शिक्षा नैतिक, व्यवहारिक, रोजगारमुखी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न योग्य हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले यो संवेदनशील विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का सम्बन्धमा विभिन्न सरोकारवाला निकायहरूसँग निरन्तर छलफल गरिरहेको बताएको छ। त्यस्तै सरोकारवाला र विज्ञहरूसँग परामर्श गरी रास्वपाले यस विधेयकका सम्बन्धमा आफ्नो धारणा तथा संशोधन प्रस्ताव राख्ने पनि विज्ञप्तिमा उल्लेख छ।

Recent Comments

No comments to show.