शिक्षक आन्दोलनले अस्तव्यस्त बन्यो ट्राफिक व्यवस्था, वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

शिक्षक आन्दोलनले अस्तव्यस्त बन्यो ट्राफिक व्यवस्था, वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको बानेश्वर केन्द्रित शिक्षकको आन्दोलनले काठमाडौंको ट्राफिक अवस्था आज पनि अस्तव्यस्त भएको छ ।

माइतीघरबाट बानेश्वरस्थित बेकरी क्याफेसम्म शिक्षकहरूले आन्दोलन गरिरहेका छन्। माइतीघर, सिंहदरबार, थापाथली हुँदै संसद् भवन नयाँ बानेश्वरसम्मको ट्राफिक अवस्था पूर्ण प्रभावित भएको छ ।

तीनकुने, कालीमाटी, बल्खु लागायतका रिङरोडका अन्य मुख्य चोकहरूबाट ठुला सवारी साधनलाई र साना सवारी साधनलाई भने नयाँबानेश्वर, थापाथली, हनुमानस्थान बबरमहल, बिजुलीबजार, सोह्रखुट्टे, कृष्ण पाउरोटी लगायतका चोकहरुबाट डाइभर्सन गरिएको ट्राफिक कन्ट्रोल रूमले जनाएको छ ।

र्‍यालीका कारण सवारी साधन डाइभर्सन गरिंदा सिंहदरबार, भद्रकाली, त्रिपुरेश्वर, थापागाँउ, कुरियागाँउ, अनामनगर, शान्तीनगर, बुद्वनगर, तीनकुने गैह्रिगाँउ, एयरपोर्ट, सिनामंगल, गौशाला, पिंगलास्थान, जयबागेश्वरी, पुरानोबानेश्वर, नयाँबानेश्वर पानीट्याङकी, यु. एन पुल, कुपण्डोल, जयनेपाल लगायतका चोकमा सवारी साधनको चाप रहेको छ । सहज यात्राका लागि पैदलयात्री तथा सवारी चालकलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

Recent Comments

No comments to show.