काठमाडौं । एनआइसी एशिया बैंकको ५ लाख कित्ता संस्थापक (प्रमोटर) सेयर बिक्रीमा आएको छ । बैंकले विद्यमान सेयरधनीको नाममा रहको ५ लाख कित्ता सेयर आजदेखि लिलामीमा ल्याएको हो ।
उक्त सेयरमा अब बैंकका विद्यमान संस्थापक सेयरधनी, इच्छुक संस्था वा व्यक्ति जो कोहीले पनि दिन सक्नेछन्। लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने सेयरको भाउ न्यूनतम ३६० रुपैयाँभन्दा घटाउन पाइने छैन् ।
संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले असोज १० गते भित्र एनआइएमबी एस क्यापिटल काठमाडौंमा निवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया