देशभरका सामुदायिक विद्यालय आजदेखि अनिश्चिनकालका लागि बन्द

देशभरका सामुदायिक विद्यालय आजदेखि अनिश्चिनकालका लागि बन्द

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आजदेखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ । 

शिक्षकहरूको आन्दोलनका कारण आजदेखि विद्यालय बन्द हुँदा देशभरका ७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध हुने भएको हो।

महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन्। शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौं आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो।

आफना मागहरू सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । 

‘बुधबारदेखि देशैभरका शिक्षकहरू आन्दोलनमा छौं, बिहिबार देखी अनिश्चितकालिन बिद्यालय बन्द हुँदैछ,’ उनले भने, ‘तर, आन्दोलनको क्रममा जति दिन विद्यालय बन्द हुन्छ, त्यति दिन बिदाको दिन पढाउने काम गरेर क्षतिपुर्ति मिलाउँछौं ।’ उनका अनुसार सरकार आफना मागहरूप्रति गम्भिर नभएपछि बाध्य भएर सडकमा आउनु परेको हो ।

Recent Comments

No comments to show.