शीतल निवासमा राष्ट्रपतिको रात्रिभोज, केपी ओली र मेयर बालेन शाहले गरे बहिष्कार

शीतल निवासमा राष्ट्रपतिको रात्रिभोज, केपी ओली र मेयर बालेन शाहले गरे बहिष्कार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संविधान दिवसका अवसरमा रात्रिभोजको आयोजना गरेका थिए।

रात्रिभोजमा कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वसभामुखद्वय अग्निप्रसाद सापकोटा, ओनसरी घर्ती, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, विदेशी राजदूतलगायत राजनीतिक दलका नेताहरु सहभागी भएका थिए। कार्यक्रममा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन पनि उपस्थिति थिए ।

भीआइपी सहभागी उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरका मेयर बालेन शाह भने अनुपस्थित भएका थिए।

ओली बुधबार बिहान नारायणचौरमै भएको राष्ट्रिय झन्डासँग सेल्फी कार्यक्रममा पनि सहभागी थिए। यसअघि राष्ट्रपति पौडेलले डाकेको सर्वदलीय बैठक पनि एमाले अध्यक्ष ओली गएका थिएनन्। उता बालेन संघीय सरकार र त्यसका अंगबाट हुने कार्यक्रमको बेवास्ता गर्दै आएका छन्।

Recent Comments

No comments to show.