एसियाली खेलकुद : पुरुष भलिबलमा नेपाल पराजित

एसियाली खेलकुद : पुरुष भलिबलमा नेपाल पराजित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष भलिबल खेलमा नेपाल इरानसँग पराजित भएको छ।

चीनमा भएको प्रतियोगितामा बुधबार नेपाल इरानसँग ३–० को साझो सेटमा पराजित भएको हो। नेपाल ९–२५, १४–२५, र १३–२५ ले पराजित भयो।

यससँगै नेपाल लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बहिरिएको छ। यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल बहराइनसँग ३–१ को  सेटमा पराजित भएको थियो।

एसियाली खेलकुदको औपचारिक उद्घाटन भने यही असोज ६ गते हुनेछ। उद्घाटनअघि भलिबल, फुटबल र क्रिकेट खेल मंगलबार शुरु भइसकेका छन् । 

Recent Comments

No comments to show.