‘शिक्षा विधेयकमा हाम्रो पनि असहमति छ, विद्यालय बन्द गरे कारबाही हुन्छ’

‘शिक्षा विधेयकमा हाम्रो पनि असहमति छ, विद्यालय बन्द गरे कारबाही हुन्छ’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले संसदमा दर्ता भएको शिक्षा विधेयकमा आफ्नो असहमति रहेको बताएका छन् ।   

शिक्षकहरूको आन्दोलन र पठनपाठन अवरोध भएको विषयलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा स्टेटस राख्दै उनले विधेयकमा असहमति भए पनि स्कुलमा अवरोध पुर्‍याउने कार्य गर्न नहुनेमा जोड दिएका छन्। 

आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकाले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको उल्लेख गर्दै उनले काठमाडौँको शिक्षाको नीति र जुम्लाको नीति तथा आवश्यकता फरक हुने बताए।

शिक्षा ऐन बनाउने अधिकार स्थानीय तहको भएको भन्दै संघीय सरकारले विधेयक संसदमा ल्याउनु नै संविधानको बर्खिलाप भएको बताए । उनले संघीय सरकारले शिक्षा ऐन तर्जुमान गरी राष्ट्रिय शिक्षा नीति ल्याउनुपर्नेमा विधेयक ल्याएको भन्दै त्यसलाई किमार्थ स्वीकार गर्न नसकिने बताएका छन् ।   तर, विद्यालयमा पठपाठन बन्द गरेर आन्दोलन गर्ने शिक्षकलाई भने कानुनअनुसार कारबाही गरिने चेतावनी दिएका छन् । 

Recent Comments

No comments to show.