काठमाडौं । सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले बैंकलाई प्रतिइकाई १ हजार रुपैयाँ दरले ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो ।बैंकले ‘१०% सिटिजन्स बैंक बोन्ड २०८०’ नामको ऋणपत्र बिक्रीको अनुमति पाएको हो ।
निष्काशन हुने कुल ३० लाख इकाई ऋणपत्र मध्ये १८ लाख इकाई बैंक आफैंले विभिन्न संघसंस्थाहरुलाई बिक्री गर्नेछ भने १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।
१० वर्षे अवधिको यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइने छ । बैंकको ऋणपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।
प्रतिक्रिया