बसदेखि प्लेनको टिकटसम्म केटीएम सिटीको दशैं अफर

बसदेखि प्लेनको टिकटसम्म केटीएम सिटीको दशैं अफर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दशैंको अवसरमा केटीएम सिटीले विशेष अफर ल्याएको छ । दशैंको नयाँ अफरमा सामान किन्दा विशेष छुटदेखि बस र प्लेनको टिकटसम्म ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।

नेपालीहरुको विशेष पर्वको रुपमा मनाइने दशैंको अवसरमा २ हजारसम्मको सामान किन्दा बफ वा क्याप प्राप्त गर्नेछन् भने ३ हजारसम्मको सपिङमा टावेल प्राप्त गर्नेछन् ।

केटीएफ सिटीको ४ हजारसम्मको सामानमा पठाओको स्पेशल प्रोमो कोट र ५ हजारसम्मको सामान किन्दा ग्रासल्याण्ड फेस्टिभलको निशुल्क टिकेट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

फेस्टिभलको १८ वटा टिकेटमात्र बाँकी रहेको छ । यस्तै ८ हजारको सामान किन्ने सुरुआतका १० ग्राहकले झापा, बुटवल वा पोखराको बस टिकट प्राप्त गर्नेछन् भने ३० हजारसम्मको सामान किन्दा सुरुआतका ८ जनाले झापा, बुटवल वा पोखराको फ्लाइट टिकेट प्राप्त गर्नेछन् ।

यस्तै, ५० हजारभन्दा माथिको सामान किन्ने होलसेल ग्राहकहरुले १५ प्रतिशत छुट प्राप्त गर्ने केटीएम सिटीले जनाएको छ । अफर नजिकैको स्टोर र अनलाईनमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

Recent Comments

No comments to show.