यी हुन् ४ जनाको सामूहिक हत्यामा संलग्न व्यक्ति

यी हुन् ४ जनाको सामूहिक हत्यामा संलग्न व्यक्ति

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्याका आरोपितलाई सार्वजनिक गरेको छ । 

प्रहरी परिसर टेकुमा आयोजित पत्रकार सम्मेलनमार्फत आरोपित व्यक्ति सञ्जय भण्डारीलाई सार्वजनिक गरिएको हो ।

हत्यापछि खुकुरीसहित भागेका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका  भण्डारी लाई प्रहरीले सीसीटीभी फुटेजका आधारमा आइतबार पक्राउ गरेको हो। सिन्धुपाल्चोक जाने तयारी गरिरहेका उनलाई पेप्सीकोलाबाट नियन्त्रणमा लिएको हो। 

उनी बोल्न नसक्ने‍ र सांकेतिक भाषामा कक्षा १२ उत्तीर्ण गरेको प्रहरीले जनाएको छ। पक्राउ पछि उनले कापीमा ‘आई किल्ड फोर पिपल’ लेखेका थिए।

वैदेशिक रोजगारीका लागि काठमाडौं आएर दाई नाता पर्ने दीपेन्द्र राईसँग बस्दै आएका नवीन राईसँग अभियुक्त भण्डारीको रिसीईबीका कारण हत्या भएको पाइएको छ। 

केही दिनअघि चाबहिलमा नवीनले चलाएको बाइकको ठक्करबाट भण्डारी घाइते भएका थिए। शुक्रबार राति भने भण्डारी नवीन बस्ने फर्निचरमा पुगेका थिए। केही विवादपछि उनले झोलामा राखेको कुखुरी निकाले र नवीनको हत्या गरे। 

त्यसपछि निस्किँदै गर्दा उनले तल्लो तलामा बस्ने थप तीन जनाको पनि थाहा पाउने डरले हत्या गरेको स्वीकार गरेका छन्। 

Recent Comments

No comments to show.