एसिया कप क्रिकेटको उपाधि भारतलाई

एसिया कप क्रिकेटको उपाधि भारतलाई

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  एसिया कपको उपाधि भारतले जितेको छ ।  फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । 

कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो । यो भारतको ८औं एसिया कप उपाधि हो ।   

भारतलाई जिताउन इशान किसनले २३ र शुभमन गिलले २७ रन बनाए । उनीहरु दुवै नट आउट रहे । 

यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा जम्मा ५० रन जोड्दा अलआउट भयो । 

भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए । श्रीलंका लगि कुशल मेन्डिसले १७ रन र डुशान हेमन्थले नटआउट १३ रन जोड्दा ९ ब्यट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भएका थिए। जसमा श्रीलंकाका पाँच ब्याट्सम्यानले त खाता नै खोल्न सकेनन्।

भारतले पछिल्लोपटक २०१८ मा एसिया कप जितेको थियो। एसिया कपको फाइनलमा विकेटको आधारमा तय भएको यो सबैभन्दा ठूलो जित हो।

Recent Comments

No comments to show.