फ‍ेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फ‍ेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। भारतबाट पेट्रोलको मूल्य वृद्धि भएर आएपछि स्वचालित मूल्यअनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो।

जसअनुसार पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टितेलमा तीन रुपैयाँले मूल्य वृद्धि भएको हो। नेपाल आयल निगमको सञ्चालक समितिक बैठकले आज रात १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि भएको हो।

निगमका अनुसार भारतबाट पेट्रोलको मूल्य १.१४ रुपैयाँ र डिजेल र मट्टितेलमा २.९१ रुपैयाँले वृद्धि भएर आएको हो। ग्यासको मूल्य भने यथावत राखिएको छ। 

काठमाडौंमा अब पेट्रोलको मूल्य १८३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १७३ रुपैयाँ पुगेको छ। 

Recent Comments

No comments to show.