गृहलाई धरानका मेयर साम्पाङको पत्र – डीएसपी मल्ललाई सरुवा गरिदिनू

गृहलाई धरानका मेयर साम्पाङको पत्र – डीएसपी मल्ललाई सरुवा गरिदिनू

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्र लेखेका छन्।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नवराज मल्लले आफूले भनेको नटेरेको भन्दै तत्काल सरुवा गरिदिन माग गरेका हुन्।

बुधबारको मितिमा आवश्यक कारवाही शीर्षकमा पठाइएको पत्रमा उनले मल्लले स्थानीय सरकारले भनेको नटेरेको उल्लेख गरेका छन्।

पत्रमा ‘इलाका प्रहरी कार्यालय, धरानमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) मल्लले स्थानीय सरकारले भनेको नमान्ने, पत्र नपठाइ केही गर्न नमान्ने, ढुंड्डा गिट्टी तस्करलाई प्रकाउ गर्न जान नमान्ने, स्थानीय शान्ति सुरक्षामा केही नगर्ने, स्थानीय सरकारको सुरक्षा गर्न नसक्ने… सार्वजनिक जग्गा अतिक्रमण तस्करको अराजकता गतिविधि रोक्न प्रहरीको सहयोग माग्दा समयमा कहिले नमानेको आरोप पनि लगाएका छन्।

Recent Comments

No comments to show.