आज भदौ ३० गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज भदौ ३० गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० भदाै ३० गते, शनिवार, १६ सेप्टेम्बर २०२३। भाद्र शुक्लपक्ष प्रतिपदा तिथि, प्रातः ८ः०६ बजेपछि द्वितीया। उत्तरफाल्गुनी नक्षत्र, प्रातः ७ः४७ बजेपछि हस्त। चन्द्रराशि कन्या।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, 

दिन राम्रो छ। आम्दानी बढ्नेछ। वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। आफन्तको सहयोग मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवारको साथ पाइनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परिवार सुख हुनेछ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला। रोगबाट मुक्त हुने योग छ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

अधुरा कामहरु पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ। स्वास्थ्यमा समस्या छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ। परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

रोग बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

अधुरा काम बन्नेछन्। आयआर्जन बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

बोलीमा मिठास आउनेछ। सोचेका काम अधुरा रहनेछन्।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

दाम्पत्य जीवन सफल रहेको छ। उन्नति प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्  ।

Recent Comments

No comments to show.