बागमती क्रिकेट संघ र महानगरबीच सहकार्य, ५० विद्यालयका प्रशिक्षकलाई तालिम दिने

बागमती क्रिकेट संघ र महानगरबीच सहकार्य, ५० विद्यालयका प्रशिक्षकलाई तालिम दिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । क्रिकेट विकासका लागि बागमती प्रादेशीक क्रिकेट संघ र काठमाडौं महानगरपालिकाबीच सहकार्य भएको छ।

बागमती क्रिकेटका अध्यक्ष पारस खड्का र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच सहकार्यका लागि सहमति भएको हो।

पाँच दिने उक्त क्रार्यक्रमका लागि काठमाडौं महानगरले आर्थिक सहयोग गर्नेछ। कार्यक्रम असोज १६ देखि २० गतेसम्म सञ्चालन हुनेछ। जहाँ प्रशिक्षकहरुलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि) को लेभल ओ क्रिकेट प्रशिक्षक तालिम प्रदान गरिनेछ।

खड्काले सामाजिक सञ्जालमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम सञ्चानल हुने र कार्यक्रममा काठमाडौंका ५० विद्यालय स्तरका क्रिकेट प्रशिक्षकलाई तालिम दिइने उल्लेख गरेका छन् ।

उनले भनेका छन् यस कार्यक्रमले काठमाण्डौं जिल्लाका ५० विद्यालय स्तरका क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई सहर भरका इच्छुक क्रिकेट खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गरी एक कोशेढुंगा बन्न सक्ने विश्वास गरेका छौं।

साथै, यस कार्यक्रम पश्चात् ग्रासरुट स्तरदेखि सम्भावना बोकेका क्रिकेट खेलाडीहरुको संख्या बढाइ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लागि तल्लो स्तरबाटै क्षमता अभिवृद्धि गर्ने विश्वास गरेका छौं।

यसका लागि काठमाण्डौ महानगरपालिकाले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा काठमाण्डौ महानगरपालिका अन्तर्गतका केही स्कुल तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था समेत गरिरहेको जानकारी गराउन चाहान्छौं।

Recent Comments

No comments to show.