प्रधानमन्त्री दाहाल आज अमेरिका भ्रमणमा जाँदै

प्रधानमन्त्री दाहाल आज अमेरिका भ्रमणमा जाँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका भ्रमणमा जाँदै छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री दाहाल अमेरिका जान लागेका हुन् ।

भ्रमणमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत सहभागी हुनेछन्।

प्रधानमन्त्री दाहालले आगामी बुधबार संयुक्त संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उनले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई सम्बोधन गर्ने तालिका छ।

सो अवसरमा प्रचण्डले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गरी आपसी हित र शान्ति सेनामा नेपालको प्रगतिको समीक्षा गर्नुहुने छ। त्यस्तै विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्दै आपसी साझेदारीका लागि पहल गर्ने परराष्‍ट्र मन्त्रालयले जानकारी दिएको छ।

प्रधानमन्त्री दाहालले मंगलबार अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।

प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ । हिजो बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।

चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, कृषिलगायतका विषयमा दुईपक्षीय छलफल र केही विषयमा समझदारी हुने सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Recent Comments

No comments to show.