काठमाडौंको गैरीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या

काठमाडौंको गैरीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा चारजनाको हत्या भएको छ। धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शुक्रबार मध्यराति दुई पुरुष र दुई महिलाको शव भेटिएको हो। 

दिव्य सः मिलभित्र शुक्रबार राति ११:५५ बजे चारजनाको शव भेटिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

हत्या गरिएकमध्ये तीनजना एकै परिवारका हुन्। दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५२ वर्षीया अम्बिका र कुमारकी आमा करिब ७६ वर्षीया सुमित्रा रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए। यस्तै मोरङ बेलबारी घर भएका अन्दाजी २१ वर्षका नविन राईको पनि हत्या भएको हो।

हत्या आशंकामा अन्दाजी २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको थापाले बताए। काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केनाइन महाशाखाबाट ट्रयाकर कुकुर पनि लगिएको प्रवक्ता मैनालीले बताए। 

मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।

Recent Comments

No comments to show.