भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन ३५ दिने सूचना

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन ३५ दिने सूचना

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लामो समयदेखि समस्याका रूपमा रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन सरकारले फेरि लागत संकलनको सूचना निकालेको छ ।

राष्ट्रिय भूमि आयोगले शुक्रवार सार्वजनिक सूचना प्रकाशित गरी जग्गा पाउनका लागि निवेदन आह्वान गरेको हो। तोकिएका स्थानहरूमा खटिएका लगत संकलनमार्फत् निवेदन लिइने आयोगले जानकारी दिएको छ।

जग्गा पाउन आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भरी मिति भदौ २९ गतेबाट ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलन मार्फत पेस गर्नु हुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ आयोगले भनेको छ।

भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण तथा तथ्याङ्क संकलन गरी प्रमाणिकरण गर्ने जिम्मेवारी स्थानीय तहलाई तोकिएको छ।

Recent Comments

No comments to show.