देशका लागि जीवन समर्पित गर्ने धर्मगुरुको दोहोरो सफाइ स्वीकार्न किन कठिन ?

देशका लागि जीवन समर्पित गर्ने धर्मगुरुको दोहोरो सफाइ स्वीकार्न किन कठिन ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जगदगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबालाई लागेको करणी मुद्दाको आरोप धार्मिक आस्थामाथि हिलो छ्याप्ने नियतबाट लगाइएका अभियोग थियो भन्ने अदालतबाट पुष्टि भइसकेको छ ।

अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले बुधबार मागदाबी नपुग्ने भन्दै आरोपितले कसुरबाट सफाइ पाउने फैसला गरेको हो । एउटै अदालतबाट भएको यो दोस्रो सफाइ हो ।यस अघि पनि २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो ।

सुनसरी जिल्ला अदालतको फैसला उल्ट्याएर पुनः सुरुदेखि नै सुनुवाइ गर्न उच्च अदालत विराटनगरले आदेश दिएको थियो । सोही आदेश अनुसार पुनः जिल्लाले दोस्रो पटक सुनुवाइ गर्दै सफाइ दिएको हो ।

नेपालमा विभिन्न धार्मिक अनुष्ठान गर्दै देशको आफ्नो मूल सभ्यता जोगाउँदै हिडेका सिद्धबाबाको फैसला समाजको केही वर्गलाई भने अपच भएको देखिन्छ । उनिहरुले विभिन्न वाहानबाजी गर्दै विरोध गरिरहेका छन् । पश्चिमा मूलुकको प्रभावमा रहेका अहिलेको समाजमा कतै स्वार्थको गन्ध लुकेको त छैन ? यो सोचनीय विषय बनेको छ ।

नेपालको धर्म संस्कृतिको जगेर्ना गर्ने, वैदिक सनातन संस्कृतिको व्यापक प्रचार गर्ने, भगवाननाम मार्फत संस्कार संस्कृतिको निर्माण गर्ने अभियानका जगद्गुरू सिद्धबाबा उदियमान तारा हुन् ।

उनको  ज्ञानको पूर्ण उपयोग गर्दा नेपालको सम्बृद्धिको एउटा ढोका समेत खुल्नेछ । यस्ता व्यक्तित्वलाई नास गर्न उहाँलाई डाह गर्ने तत्व र धर्म संस्कृति नास गर्न चाहने तत्वको संयोजनबाट प्रायोजन गरेको षडयन्त्रको पराकाष्ट हो यो तथाकथित जबरजस्ती करणी प्रकरण ।

‘चिन्नेलाई श्रीखण्ड नचिने खुर्पाको बिंड’ जस्तै पारिएको छ महायोगी सिद्धबाबालाई ।  हुँदै नभएको घटनालाई जबरजस्ती करणी भन्ने प्रपन्च निन्दनीय छ । सम्मानित अदालतको दोहोरो फैसलाले महिलाहरुको लागि एउटा सन्देशपनि दिएको छ ।

यहाँ यदी साधु सन्त त सुरक्षित छैनन तीनका भने तीनका सत्चरित्रवान पिता, पति, भाइ, पुत्र कोही पनि सुरक्षित छैन्न ।   धर्मको विषयलाई लिएर धार्मिकद्वन्द्व फैलाउन सक्रिय झुण्डका लागि दोहोरो सफाइ झनै चिन्ताको विषय बनेको देखिन्छ ।

नेपालका सनातन धर्म, संस्कृति र तिनको आडभरोसामा सिर्जना भएका सम्पदाहरू यहाँको संस्कृति र सभ्यताका निधि हुन्।

सबैजसो ऐतिहासिक तथा धार्मिक स्मारक, पुरातात्त्विक स्थान, कलात्मक तथा पुरातात्त्विक वस्तु, धार्मिक नाचगान, जात्रा, रीतिरिवाज तथा पर्वहरू सनातन धर्म–संस्कृतिसँग सम्बन्धित छन्।  

त्यसको संरक्षणको आवाज उठाउदै हिड्ने धर्मगुरु हुन् स्वामी रामकृष्णाचार्य ।  नेपालको हिन्दू राज्यको औपचारिक परिचय संविधान मार्फत हटाइए पनि ८१.३ प्रतिशत हिन्दुहरुको आस्था जोगाउने साधुसन्त नै रहेको छन् ।

राज्यबाट धर्म-संस्कृति र परम्पराप्रतिको बेवास्ताका कारण पर्यटक भिसामा नेपाल आई धर्म परिवर्तनको अभियानमा लागेका विदेशीहरू अहिले पनि गाउँ-गाउँमा कार्यरत छन्। यस कारणले पनि केही प्रतिशतका लागि दोहोरो फैसला नै स्वीकार असहज भएको छ ।

यसको असर आफू र आफ्नो समुदायको जीवनमा कसरी पर्छ भन्ने उनीहरूलाई थाहा हुँदैन। आफूले मानिआएको मन्दिर, चैत्य तथा जीवन र मृत्यु जस्ता संस्कार एकैपल्ट लुटिंदा मानसिक रूपमा पर्न जाने पीडाको सुनुवाइ गर्ने सार्वजनिक संरचना देशमा छैन।

Recent Comments

No comments to show.