उच्चकोटीको परिपक्व, शालीन राजनीतिज्ञ नेम्वाङ जसले संविधान लेखनमा मियाे बनेर काम गरे…

उच्चकोटीको परिपक्व, शालीन राजनीतिज्ञ नेम्वाङ जसले संविधान लेखनमा मियाे बनेर काम गरे…

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं ।  संघीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ ।  उनी  विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत थिए । 

नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको अधिकांशले बताएका छन् । 

इमान्दार छवि बनाएका नेम्वाङ जिल्लावासीका लागि ‘राजनीतिक मियो’ थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका थिए ।

विसं २०३३ मा राजद्रोह मुद्दामा उनी केही समय जेल परे । विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य हुनुभएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए । 

उनले प्रतिनिधिसभा र अन्तरिम व्यवस्थापिकाको सभामुख तथा पहिलो र दोस्रो संविधानसभा अध्यक्ष, नेकपा (एमाले) को उपाध्यक्ष र संसदीय दलको उपनेताको जिम्मेवारी सम्हाले ।

इलाम नगरपालिका-७ सुन्तलाबारी स्थायी ठेगाना रहेका नेम्वाङ पछिल्लो समय बालुवाटारस्थित निजी निवासमा बस्दै आएका थियो । प्राध्यापन, वकालत र राजनीतिलाई पनि उनले सँगसँगै अघि बढाएका थिए ।

कानूनसहित दुई विषयमा स्नातक नेम्वाङ लामो समय प्राध्यापन पेसामा रहेकाले पार्टी प्रशिक्षणमा पनि अब्बल थिए ।

Recent Comments

No comments to show.