विवादास्पद गोललाई रेफ्रीले मान्यता दिँदा नेपाल पराजित

विवादास्पद गोललाई रेफ्रीले मान्यता दिँदा नेपाल पराजित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वकप छनोटको पहिलो चरणअघि नेपालले तयारीका लागि म्यानमारसँग दुई मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ ।  म्यानमारको थुवुन्न रंगशालामा सम्पन्न खेलको ८६औँ मिनेटमा विन नाइङ्ग तुनले गरेको विवादास्पद गोललाई रेफ्रीले मान्यता दिँदा नेपालले   १–० को हार बेहोरेको  हो । 

बल म्यानमारको पेनाल्टी बक्समा रहँदा लाइन्समेनले नेपाली खेलाडी अफसाइड रहेको जनाउँदै झन्डा उठाएका थिए । तर, लाइन्समेनको यो इशारालाई मैदानका रेफ्रीले नदेख्दा म्यानमारका रक्षकले क्लियर गरेको बल काउन्टरमा म्यानमारले गोल गरेको थियो । लाइन्समेनको इशारालाई नदेखेपछि नेपाली टिमका कप्तान किरणसहित सबै सदस्य गोल खारेजीका लागि रेफ्रीसँग विवादमा उत्रिएका थिए । 

 

Recent Comments

No comments to show.