काठमाडौं–तराई/मधेस द्रूतमार्ग निर्माणको काम २६ प्रतिशत सम्पन्न, तीन वटा सुरुङ निर्माणले गति लिँदै

काठमाडौं–तराई/मधेस द्रूतमार्ग निर्माणको काम २६ प्रतिशत सम्पन्न, तीन वटा सुरुङ निर्माणले गति लिँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)मा सुरुङ निर्माणले गति लिएको छ । आयोजना अन्तर्गत हाल निर्माण भइरहेका तीन वटै सुरुङ निर्माणले गति लिएको हो ।

काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजना प्रमुख कमलबिक्रम शाहले हालसम्म समग्रमा ४१ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न भएको जानकारी दिए । उनका अनुसार कुल ६.४१५ किलोमिटर लामो सुरुङमध्ये हालसम्म २.६६७ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ ।

महादेवटारमा ३.३५५ किलोमिटर लामो सुरुङ खन्नुपर्नेमा हालसम्म १.३८ किलोमिटर सुरुङ खनिसकएिको उनले जानकारी दिए । त्यसैगरी, १.६३ किमी लामो धेद्रे सुरुङको हालसम्म ६१९ मिटर र १.४३ किलोमिटर लामो लेनडाँडा सुरुङमध्ये ६६१ मिटर सुरुङ खन्ने काम पूरा भएको उनले बताए ।

फाष्ट ट्रयाक आयोजना अन्तर्गत हाल ३ वटा सुरुङ निर्माण भइरहेकोमा डीपीआर संशोधन गरेर थप ३ वटा नयाँ सुरुङ निर्माण गरिने भएको छ । आयोजना प्रमुख शाहका अनुसार देवीचौर, सिसौटार र चन्द्राम भीरमा सुरुङमार्ग बनाइने भएको हो ।

उनका अनुसार देवीचौरमा १ किलोमिटर, सिसौटार सुरुङ ०.३९ किलोमिटर र चन्द्राम भीरमा २.२५ किलोमिटर सुरुङ निर्माण गरिने छ ।

३ वटा नयाँ सुरुङ थपिएसँगै फास्ट्रयाकमा कुल सुरुङमार्गको लम्बाइ १०.०५५ किलोमिटर पुग्नेछ । थप तीन वटा नयाँ सुरुङ निर्माणको लागि समेत ठेक्का आह्वान भइसकेको उनले बताए ।

आयोजनाको हालसम्म करिब एकचौथाई काम सकिएको छ । आर्थिक वर्ष २०७४र७५ देखि निर्माण सुरु गरिएको यस आयोजनाको २६ प्रतिशत भौतिक प्रगति भएको छ ।

२०८१ भित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि तोकिएकै सममा काम सम्पन्न नहुने भएपछि हालै म्याद थपिएको छ । थपिएको म्याद अनुसार अब २०८३ सम्म सम्पन्न गर्नुपर्नेछ ।

पुरानो डीपीआर अनुसार फास्ट ट्रयाकको कुल लम्बाइ ७२.७२९ किलोमिटर रहेकोमा हालै डीपीआर संशोधन गरी ७०.९७७ किलोमिटरमा झारिएको छ ।

आयोजनाको संशोधित अनुमानित लागत २ खर्ब ११ अर्ब ९३ करोड ररुपैयाँ रहेको छ । चालु आर्थिक वर्षमा यस आयोजनालाई २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

Recent Comments

No comments to show.