जोकोभिचले जित २४औं ग्राण्ड्सलाम उपाधि

जोकोभिचले जित २४औं ग्राण्ड्सलाम उपाधि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नोभाक जोकोभिचले वर्षको अन्तिम ग्राण्ड्सलाम टेनिस यूएस ओपनको उपाधि जित्दै २४औं उपाधिको कीर्तिमान बराबरी गरेका छन् ।

३६ वर्षीय जोकोभिचले सोमबार बिहान सम्पन्न पुरुष एकल फाइनलमा रुसियन ड्यानिएल मेदभेदेवलाई ६-३, ७-६ (७-५), ६-३ ले पराजित गर्दै यूएस ओपनको उपाधि जिते । 

जोकोभिचले मार्गरेट कोर्टको नाममा रहेको २४ एकल ग्रान्डस्लामको कीर्तिमान बराबरी गरेका हुन् । कोर्टले सन् १९७३ मा आफ्नो एकल ग्रान्डस्लाम उपाधि संख्या २४ पुर्‍याएकी थिइन् ।

त्यसयता उनलाई कसैले पनि भेट्न सकेको थिएन ।  जोकोभिचले यो वर्षका चारमध्ये तीन ग्रान्डस्लाम जितेका छन् भने विम्बल्डनको फाइनलमा पुगेर पराजित भएका थिए ।

उनले १० पटक अष्ट्रेलियन ओपन, ७ पटक विम्बलडन ओपन, ४ पटक यूएस ओपन र तीन पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् ।

यो उनको करियरको २४औं ग्राण्ड्सलाम उपाधि हो । यो उपाधिपछि जोकोभिचले मारगरेट कोर्टको नाममा रहेको २४ ग्राण्ड्सलाम उपाधि जित्ने कीर्तिमान बराबरी गरेका छन् ।

Recent Comments

No comments to show.