दाईले भाउजूलाई टिकट दिने परिपाटी हटाउँछौं: महामन्त्री थापा

दाईले भाउजूलाई टिकट दिने परिपाटी हटाउँछौं: महामन्त्री थापा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र विभेद बढ्दै गएमा असन्तुष्टि बाहिरसम्म आउने बताएका छन्।

सिन्धुपाल्चोकको बाह्रबिसेमाा भएको नेपाल महिला संघको तीज कार्यक्रममा शुक्रबार बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘तपाईंहरुलाई वडाको सभापति छान्ने अधिकार पार्टीको विधानले दिन्छ। तर, त्यही वडाको अध्यक्षको उम्मेदवार छान्नुपर्यो भने चाहिँ तपाईंको अधिकार खोसिएर त्योभन्दा माथि जान्छ । म महामन्त्री भएकाले अहिले टिकट बाँडेको नजिकबाट हेरें। पहिलो पटक म त्यहाँ सम्मिलित भएँ । तपाईंले सबै अधिकार दाइलाई दिनु भयो भने दाइले टिकट भाउजूलाई दिन्छन् । सबै अधिकार दाइलाई दिएपछि भाउजुलाई दियो भनेर विरोध हुन्छ। दाइलाई टिकट भाइजूलाई दिन्छ । त्यसैले दाईले भाउजूलाई टिकट नदिने अवस्था कसरी बनाउने ? भोलि अर्को दाईले भाउजूलाई देला । कुनै एउटा दाईको कुरा मात्रै होइन । १५ औँ महाधिवेशनबाट यो परिपार्टी बदल्नुपर्छ ।’

उनले स्थानीय कार्यकर्तालाई सम्बोधनका क्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को सांसद को बन्ने निर्णय माथिको दाइले होइन, यहीँका कार्यकर्ताको मतदानबाट गरिनुपर्ने पनि बताए।

‘समानुपातिक उम्देवार पनि खल्तीबाट झिक्ने होइन, मतदानबाट छानिन्छ भन्ने हो भने कुनै पनि नेताले दादागिरी गर्न सक्दैन’, उनले भने, ‘न्यायको आधारमा चलेको पार्टीले समाजमा पनि न्याय गर्न सक्छ। हामीले अहिले सबैभन्दा ठूलो पार्टी हामीले सघाएर सरकार बनेको छ प्रचण्डको। संघदेखि पालिकासम्म कांग्रेसको पकड छ। तर असन्तु्ष्टि सम्बोधन हुन सकेको छैन। ’

Recent Comments

No comments to show.