एकीकृत समाजवादीको असोज १४ देखि मेची-महाकाली राष्ट्रिय अभियान सुरु

एकीकृत समाजवादीको असोज १४ देखि मेची-महाकाली राष्ट्रिय अभियान सुरु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची-महाकाली राष्ट्रिय अभियान सुरु गर्ने भएको छ ।

मुलुकमा विकसित राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने उद्देश्य रहेको सो अभियान असोज १४ मेचीबाट सुरु भइ असोज २९ गते महाकालीमा पुगेर सम्पन्न हुनेछ ।

अभियानका क्रममा समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तरक्रिया एवम् समसामयिक, अन्तर्राष्ट्रिय परिस्थितिबारे देशका मुख्य सहरमा छलफल गरिने छ ।

पार्टी महासचिव घनश्याम भुसालका अनुसार अभियानका क्रममा जनताबाट प्राप्त सुझावलाई समेटेर पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति,संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना निर्माण गरिने छ ।

भुसालले अभियानमा राजनीतिक उपलब्धिको रक्षा गरेर मुलुकलाई अग्रगमनतर्फ लैजान तत्कालीन नेकपा (एमाले)सँग विद्रोह गर्नुको औचित्य पुष्टि भएको विषय, जनजीविका, सामाजिक रुपान्तरणका लागि पार्टीले गरेका गतिविधि अभियानका क्रममा जनतालाई बुझाइने जानकारी दिए ।

जनताको बहुदलीय जनवादको सान्दर्भिकता रहेकाले सो विचार छाड्न नहुने र समाजवादी व्यवस्था कार्यान्वयनका लागि सो जबज विचार छाड्नुपर्ने बहस पार्टीभित्र चलेको छ । यसलाई आगामी महाधिवेशनमा निर्णय गर्ने जनाइएको छ ।

Recent Comments

No comments to show.